सुनसरीकाे श्रीपुरमा भिषण अागलागि हुँदा ३५ लाख बराबरको क्षती, १६ घर नस्ट

इनरुवा - सुनसरीको कोशी गाउँपालीका ६ श्रीपुरमा आगलागी हुँदा १६ जलेर नस्ट भएको छ । आज अपराहन्ह १२:३० बजेको समय स्थानीय जगदीश महात्माको ठरेसर बाट आगलागी भएको स्थानीयहरुले जानकारी गराएका छन् ।

आगलागीमा साधुलाल महात्मा सहितका गरी ८ वटा टिनको घर र ८ वटा फुसको भान्सा घर गरी १६ वटा घर जलेको बिओपी श्रीपुरले जनाएको छ । आगलागीमा अन्दाजी ३५ लाख बराबरको क्षति भएको जनाइएको छ । आगलागीलाई २ घन्टापछि इटहरी,इनरुवा,झुम्का तथा भारतको बिहारबाट आएको दमकल, स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रण लिएको थियो ।
प्रकाशित : Sunday, April 01, 2018

recent

Popular Posts