लहानमा जेसीबीको आधिकारिक आउटलेट

काठमाडौं - नेपालको लागि जेसीबीब्रान्डका अर्थ मुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थ मुभर्स प्रालिले सिराहाको लहानमा ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । नयाँ ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । यो क्षेत्रमा निर्माण कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजताका लागि जेसीबीले आधिकारिक आउटलेट सुरु गरेको हो ।

नयाँ ‘एआरओ’को उद्घाटन प्रदेश नं २ का सांसद लगनलाल चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा नयाँ‘एआरओ’का प्रबन्धनिर्देशकधनवीर महतोले सहज सेवा दिने र यसमा कुनै सम्झौता नहुने बताए । नयाँ ‘एआरओ’बाट जेन्युइन पार्टस्को विक्री गरिनेछ ।

कार्यक्रममा सिराहा निर्माण व्यवसायी संघका अध्यक्ष विशाल साह र टप इटा उद्योगका अनोज यादवको साथै उदयपुर, सप्तरी, खोटाङ, ओखलढुंगाका निर्माण व्यवसायीहरुको उपस्थिति थियो । एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका स्थान बनेपा, गल्छी, दोलखा र डडेलधुरामा ‘एआरओ’ स्थापना गरिसकेको छ ।

एमएडब्लु अर्थमुभर्सले जेसीबी मेसिनको संख्या बढिरहेका अन्य स्थानमा पनि एआरओ स्थापना गर्ने लक्ष्य लिएको छ । विक्रीपछिको सेवामा बढी विश्वास गर्ने भएकाकारण नेपालमा जेसीबीको सबैभन्दा ठूलो शाखा सञ्जाल रहेको छ ।
प्रकाशित : Thursday, April 05, 2018

recent

Popular Posts