जगदम्बा सिमेन्टद्धारा दिगो संरचना निर्माणका लागि प्राविधिक जानकारी

काठमाडौं - जगदम्बा सिमेन्टले गत शुक्रबार बालाजु क्षेत्रमा निर्माणकर्मीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ’ नाराका साथ सारा नेपालीलाई देश निर्माणको लागि अपिल गर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका लागि कम्पनीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।


देशको बढ्दो संरचना निर्माणलाई टेवा प्रदान गर्न कम्पनीले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल स्मिथको प्रविधि भर्टिकल रोलर मिल्स जडान गरी उत्पादन क्षमतालाई एकातर्फ बिस्तार गरेको छ भने अर्को तर्फ दक्ष जनशक्तिलाई दिगो संरचना निर्माणका लागि प्राबिधिक तथा ब्यवसायिक ज्ञान दिदै देशब्यापी यस्ता बिशेष भेटघाट कार्यक्रम आयोजना गर्दै आइरहेको छ । उक्त कार्यक्रममा १६० भन्दा बढी निर्माणकर्मीहरुको उपस्थिती रहेको थियो भने यस्ता कार्यक्रमहरु देशब्यापी रुपमा चलाइरहने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित : Monday, April 09, 2018

recent

Popular Posts