×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्लिज पार्किन्सन डिजिज एशोसिएशनलाई जनताको सहयोग

काठमाडौं – जनता बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेप्लिज पार्किन्सन डिजिज एशोसिएशनलाई ब्यायाम मेशिन हस्तान्तरण गरेको छ । 
पार्किन्सन रोगीलाई परामर्श तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्थापना गरिएको एशोसिएशनमा रहेका बिरामीको सुविधाका लागि उक्त मेशिन हस्तान्तरण गरिएको बैङ्कले जानकारी दिएको छ । 
आइतवार एक कार्यक्रम आयोजना गरी बैङ्कका सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एशोसिएशनका अध्यक्ष रत्नराजेश्वरी थापालाई उक्त मेशिन प्रदान गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: