×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंकले गर्यो प्रगति, खुद नाफा १५.४४% ले वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकले २२ करोड २४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा १५.४४% ले धेरै हो । गत वर्ष ज्योतिले १९ करोड २६ लाख ५८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ४९.०१% ले बढाएर ५३ करोड ६ लाख ८० हजार रुपैयाँ पुर्याएको छ ।
गत वर्ष ज्योतिले ३५ करोड ६१ लाख २४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । यस्तै, सञ्चालन नाफा पनि २३ करोड ७४ लाखबाट बढाएर ३४ करोड १३ लाख १६ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १३५.३६% ले बढाउन ज्योति सफल भएको छ । गत वर्ष १ अर्ब १० करोड रुपैयाँ रहेको ज्योतिको चुक्ता पुँजी यो त्रैमासम्म आइपुग्दा २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ पुगेको हो ।
बैंकको रिजर्भ कोषमा ४२ करोड ३९ लाख ३९ हजार रुपैयाँ छ । रिजर्भ कोष दरिलो बनाउनुपर्ने चुनौती बैंकलाई छ । चुक्ता पुँजी वृद्धिसँगै प्रतिसेयर आम्दानी भने खस्किएको छ । गत वर्ष २३ रुपैयाँ ३१ पैसा रहेको ज्योतिको प्रतिसेयर आम्दानी घटेर अहिले ११ रुपैयाँ ४३ पैसामा सीमित भएको छ । 
ज्योतिले निक्षेप संकलन ९ अर्बबाट बढाएर १५ अर्ब ६ करोड २७ लाख १९ हजार पुर्याएको छ । त्यस्तै, कर्जा लगानी पनि ८ अर्बबाट बढाएर १३ अर्ब ८५ करोड ४१ लाख ८६ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा थोरै बढेर १.२७% पुगेको छ । गत वर्ष खराब कर्जा ०.९९% थियो । प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८६ पैसाबाट घटेर ११६ रुपैयाँ ३५ पैसा आइपुगेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: