×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवाले गर्यो लोभलाग्दो प्रगति, खुद नाफामा ५७.६२% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना सेवा विकास बैंकले खुद नाफा ५७.६२% कमाएको छ  । गत वर्ष कामना सेवाले १४ करोड ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने यो वर्ष  २२ करोड ८१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
बैंकको खुद ब्याज अम्दानी पनि ५९.५४% बढाएर ४९ करोड २१ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कामना सेवाले ३० करोड ८४ लाख ७१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । साथै सञ्चालन नाफा पनि २१ करोड ९९ लाखबाट बढेर ३३ करोड ८६ लाख ५ हजार रुपैयाँ पुगेको छ । खुद नाफा बढ्नुमा ब्याज आम्दानी र सञ्चालन नाफाले ठुलै सहयोग पुर्याएको देखिन्छ । 
चुक्ता पुँजी २ अर्ब ६ करोड २७ लाख ६९ हजार रुपैयाँ रहेको कामना सेवाको जगेडा कोषमा १ अर्ब ५ करोड ९७ लाख ८९ हजार रुपैयाँ रहेको छ । निक्षेप संकलन र कर्जा लगानी विस्तार गर्न पनि बैंक सफल भएको छ । यो त्रैमाससम्मा १४ अर्ब ३७ करोड ९३ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १३ अर्ब ७ करोड ५६ लाख २२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्ष कामना सेवाले ६ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब २० करोड रुपैयाँ कर्जामा लगानी गरेको थियो । खराब कर्जा १.७८% बाट बढेर १.९३% पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७५ पैसा (वार्षिक) रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ३८ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: