कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ९८ लाख

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा ३ करोड ९८ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तेश्रो त्रैमासमा १३.१४% ले घटेको हो । गत बर्ष सोहि अवधिमा बैंकले ४ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

५० करोड ६० लाख रुपैंया चुक्ता पुँजी भएको कञ्चन डेभलपमेन्ट बैंकले ८ करोड ८७ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ । निक्षेपमा ३ अर्ब ४३ करोड ५४ लाख रुपैयाँ संकलन गरी कर्जामा ३ अर्ब ३ करोड ६६ लाख रुपैयाँ बराबरको कर्जा प्रवाहमा गरेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा ८.५४% ले बढे पनि संचालन नाफा १३.६३% ले घटेको छ । जसले गर्दा मुनाफा पनि घटेको हो ।

बैंकको निष्कृय कर्जा २.६१ %, जोखिम युक्त सम्पत्तिमा १६.७२%, प्रतिशेयर आम्दानी वार्षिक १०.५१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १७.५४ रुपैयाँ र तरलता अनुपात २४.६८% रहेको छ ।
प्रकाशित : Thursday, April 26, 2018

recent

Popular Posts