×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकको खुद नाफा ८७.७३% वृद्धि, ब्याज आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले खुद नाफा ८७.७३% बढेर ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ कमाएको हो । गत वर्ष बैंकले ३७ करोड ५८ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सकेको थियो । 
खुद ब्याज आम्दानी पनि ६४.८७% ले बढाएर १ अर्ब ३४ करोड १६ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ८१ करोड ३७ लाख ८६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी भएको थियो । सञ्चालन नाफा पनि ५० करोड ८४ लाखबाट बढेर ८५ करोड २८ लाख ७० हजार रुपैयाँ पुगेको छ भने राइट ब्याक कुल २२ करोड ३८ लाख ५७ हजार रुपैयाँ रहेको छ ।   राइट ब्याकसहि ब्याज आम्दानी र सञ्चालन नाफाले समग्र नाफा सुधार्न मद्दत गरेको छ । 
निक्षेप ३९ अर्बबाट बढाएर ६१ अर्ब ८४ करोड १७ लाख ४२ हजार रुपैयाँ पुर्याएको यस बैंकले ५६ अर्ब ८४ करोड ९३ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । गत वर्ष कुमारीले ३४ अर्ब ४८ करोड ६२ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो । प्रोभिजनमा १६ करोड ९० लाख ८१ हजार रुपैयाँ छुट्याएको यस बैंकको खराब कर्जा थोरैले घटेर १.२४% मा आइपुगेको छ । 
गत वर्ष खराब कर्जा १.२६% थियो । कर्जा निक्षेप अनुपात ७४.०१% बाट बढेर ७८.६९% पुगेको छ । कस्ट अफ फन्ड ५.३२% बाट बढेर ८.६७% भएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ११ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: