×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपालमा लगानी गर्न ९० देशको स्विकृती, भारतको भन्दा चिनको लगानी बढी

काठमाडौँ – यस वर्ष नेपालमा वैदेशिक लगानी बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा ३४ अर्ब पुगेको छ । पछिल्ला वर्ष भारतको भन्दा चिनको लगानी बढेको छ ।
यो वर्ष सबैभन्दा बढी चिनियाँ लगानी स्वीकृत भएको छ । उद्योग विभागको बैदेशिक लगानी महाशाखाका अनुसार गत वर्षसम्म कुल स्वीकृत लगानीको १७ प्रतिशत हिस्सा चीनले ओगटेकोमा यसपालि २५.५८ प्रतिशत छ ।
चालु आर्थिक वर्षको ८ महिनामा कुल ३४ अर्ब ९१ करोड वैदेशिक लगानी छ । जसमध्ये २८ अर्ब ४९ करोड चिनियाँ लगानी स्वीकृत भएको हो ।
गत वर्ष २ अर्ब ८ करोड बैदेशिक लगानी स्वीकृत भएकोमा चालु आर्थिक वर्षको ८ महिनामा ३ अर्ब ९८ करोड बराबरको भारतीय लगानी स्वीकृत भएको छ । ४ हजार २ सय ७० उद्योगका लागि २ खर्ब ४७ अर्ब स्वीकृत भएको छ ।
विश्वका ९० देशले नेपालमा लगानी गर्नका लागि स्वीकृति लिएका छन् । अहिलेसम्म ४ हजार २ सय ७० उद्योगका लागि लागि २ खर्ब ४७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । कुल स्वीकृत भएको बैदेशिक लगानीमध्ये ३५ प्रतिशत हिस्सा भारतीय कम्पनीको छ ।
संख्यात्मक हिसाबले भारतीय भन्दा चिनियाँ लगानीमा खुल्न लागेका उद्योग धेरै छ । चिनियाँहरुले १ हजार २ सय २५ उद्योगमा लगानी स्वीकृती लिएका छन् भने भारतीयहरु ७ सय १३ वटा उद्योगमा लगानी गर्नका लागि लगानी स्वीकृती लिएका छन् ।
चीन बढीजसो खानीजन्य र पर्यटन उद्योगमा लगानी केन्द्रित गरेको छ, भने भारतले सेवा र उत्पादनमूलक क्षेत्रमा चासो देखाएको छ । उद्योग विभागमा ६८ वटा बिदेशी कम्पनी तथा ब्यक्तिहरुले खानीमा लगानी गर्नका लागि स्वीकृति लिएका छन् ।
त्यसमध्ये ४८ वटा खानीजन्य उद्योगमा लगानी गर्न चिनियाँ कम्पनीहरुले स्वीकृति लिएको छ । उत्पादनमूलक क्षेत्रमा १ हजार ७६ उद्योगमा लगानी गर्न बैदेशिक लगानी स्वीकृत छ । जसमा ४७ अर्ब बराबरको लगानी स्वीकृत भएको छ ।
अहिलेसम्ममा स्वीकृत भएको लगानीका आधारमा २८४ वटा ठूला खालका उद्योग र ठूला उद्योगको लागि १ खर्ब ७३ अर्ब ४८ करोड बराबरको रकम स्वीकृत भएको छ । साना उद्योगमा भने अहिलेसम्म ४७ अर्ब ७७ करोड बराबरको लगानी स्वीकृती भएको छ । ३ हजार ५ सय ८९ वटा साना खालका उद्योगमा लगानी गर्न विभागले स्वीकृति प्रदान गरेको छ ।
८४ प्रतिशत लगानी ठूला उद्योगको तुलनामा सानो देखिन्छ । किनकि कुल स्वीकृत लगानीको ४१ प्रतिशत हिस्सा ठूलो उद्योगको छ भने साना उद्योगको ११ प्रतिशत मात्र रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: