×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंकको खुद नाफा ४१.०३% वृद्धि, हेर्नुस् यस्तो छ बैंकको विवरण

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा सम्म  खुद नाफा ४१.०३% ले वृद्धि गर्दै ८० करोड २६ लाख ३३ हजार रुपैयाँ पुर्याउन सफल भएको हो । गत वर्ष बैंकले ५६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी पनि ३२.०७% ले बढाएर १ अर्ब ५४ करोड ९५ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष लक्ष्मीले १ अर्ब १७ करोड ३२ लाख १६ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । लक्ष्मीको सञ्चालन नाफा पनि ७३ करोड ६२ लाख रुपैयाँबाट बढेर १ अर्ब १० करोड ९४ लाख १४ हजार रुपैयाँ पुगेको छ । 
खुद नाफामा आकर्षक बढोत्तरी भइरहँदा पनि प्रतिसेयर आम्दानी भने माथि जान सकेको छैन । गत वर्षको तुलनामा लक्ष्मीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३८ पैसाले घटेर १३ रुपैयाँ ६४ पैसामा सीमित भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २४ रुपैयाँ ०२ पैसा थियो । लक्ष्मीले चुक्ता पुँजी १६०.२५% बढाएर ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ पुर्याएको छ ।
गत वर्ष चुक्ता पुँजी ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ मात्र थियो । जगेडा कोषमा २ अर्ब १६ करोड ९१ लाख ५१ हजार रुपैयाँ मात्र छ । जगेडा कोष सुधार्ने चुनौती लक्ष्मीलाई पनि थपिएको छ । यो कोष मजबुत नबनाएसम्म लगानीकर्ता आकर्षित गर्न सकिंदैन ।
निक्षेप ५७ अर्बबाट वृद्धि गरेर ६३ अर्ब २६ करोड ८३ लाख ८५ हजार रुपैयाँ पुर्याएको यस बैंकले ५८ करोड ६९ लाख ९२ लाख ७९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रोभिजनमा २३ करोड ४८ लाख ७२ हजार रुपैयाँ छुट्याएको लक्ष्मीले ४ करोड ३८ लाख ७ हजार रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । लक्ष्मीले खराब कर्जा पनि घटाएर १.१६% मा झारिदिएको छ । गत वर्ष खराब कर्जा १.७९% थियो । 
कस्ट अफ फन्ड बढेर ७.७३% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ६.७६% थियो । यस्तै, कर्जा निक्षेप अनुपात पनि ७३.६६% बाट बढेर ७७.७९% पुगेको छ । लक्ष्मीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३८ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: