लक्ष्मी केयर्सले सम्पन्न गर्यो १०औँ माउन्टेन बाइक र्याली

बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित गैर नाफामूलक संस्था लक्ष्मी केयरस्ले १० औं वार्षिक लक्ष्मी केयरस् माउन्टेन बाइक र्याली सम्पन्न गरेको छ । समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको लक्ष्मी केयर्सले “गो ग्रिन” अभियान अन्तर्गत रही “उज्यालो अभियान”को एक हिस्साका रुपमा शनिवार उक्त र्याली सम्पन्न गरेको हो । 

दुई सयभन्दा बढी साइकलयात्रीहरुको सहभागीता रहेको उक्त र्यालीले १३ किलोमिटरको दुरी तय गरेको थियो । सो कार्यक्रमको उद्घाटन माननीय वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए । र्याली जावलाखेलस्थित सदर चिडियाखानाबाट सुरु भई टंगाल उड, टंगाल पुगेर सकिएको थियो । सम्पन्न स्थलमा एड्रियन प्रधानएण्ड फ्रेन्डजको लाइभ कन्स्र्ट पनि रहेको थियो । उक्त स्थानमा व्याब्लेड क्य्रुउको साथ किड्स कर्नर, फेस पेन्टिङ्ग, बार्विक्यू स्टल लगायत थुप्रै मनोरञ्जनका साथ दिनभर विभिन्न कार्यक्रमहरुको आयोजना पनि गरिएको थियो । 

यो वार्षिक कार्यक्रमले जनचेताना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गरेको छ । यसअघि उज्यालो अभियानले नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल तथा च्यारिटिसँग सम्बन्धित संघसंस्थाहरुमा सहयोग गर्दै आएको छ । गत वर्षहरुमा उज्यालो अभियानले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार क्षेत्र तथा बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सोलार लाइट जडान गरेको थियो ।
प्रकाशित : Sunday, April 08, 2018

recent

Popular Posts