लक्ष्मी बैंकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बैंकको पोखरा औधोगिक क्षेत्र शाखाले आफ्नो ११ वर्ष पुरा गरेको अवसरमा वृक्षारोपण कार्य सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तगर्त पोखरा औधोगिक क्षेत्र परीसरमा वृक्षारोपण गरेको हो । 

उक्त कार्यमा पोखरा औधोगिक क्षेत्र उद्योग संगठन का अध्यक्ष लगाएत पदाधिकारी, पोखरा औधोगिक क्षेत्र व्यवस्थापन विभाग कार्यलय प्रमुख, लक्ष्मी बैक पोखरा औद्योगिक क्षेत्र, न्युरोड र चिप्लेढुङ्गा शाखाका शाखा प्रमुख लगायत अन्य कर्माचारीहरुको सहभागीता रहेको थियो । 

लक्ष्मी बैंकको शाखा संजाल ४१ जिल्लामा ७८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, ९९ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । 
प्रकाशित : Monday, April 16, 2018

recent

Popular Posts