×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनीको खुद नाफा १६.४२% ले घट्यो, यस्तो छ अन्य सूचकको अवस्था

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लुम्बिनी विकास बैंकले १८ करोड ४४ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १६.४२% ले घटेको हो । गत वर्ष लुम्बिनीले २२ करोड ६ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
खुद ब्याज आम्दानी भने गत वर्षको तुलनामा १३.२६% ले वृद्धि भएको छ । गत वर्ष ४७ करोड १९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको लुम्बिनीले यस त्रैमासमा ५३ करोड ४५ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । तर सञ्चालन नाफा पनि घटेको छ । गत वर्ष २२ करोड रहेको सञ्चालन नाफा यो त्रैमाससम्म आइपुग्दा १८ करोड ३४ लाख ९३ हजार रुपैयाँमा खुम्चिएको छ । 
चुक्ता पुँजी २ अर्ब १४ करोड ९६ लाख ३४ हजार रुपैयाँ रहेको लुम्बिनीको रिजर्भ कोषमा १ अर्ब २० लाख ४४ हजार छ । खराब कर्जा करिब दोब्बरले बढेर २.५९% पुगेको छ । गत वर्ष खराब कर्जा १.७५% मात्र थियो । कस्ट अफ फन्ड पनि ७.८५% बाट बढेर ९.२१% भएको छ ।
प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७७ पैसाले घटेर ११ रुपैयाँ ४४ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १६ रुपैयाँ २१ पैसा (वार्षिक) थियो । लुम्बिनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँबाट बढेर १४६ रुपैयाँ ६१ पैसा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: