×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कहाँ जाने आवेदन भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लुम्बिनी विकास बैंकको ६ लाख १ हजार ३२५.४७ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।  बैंकको हाल चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । लिलामी सेयर बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ । 
बिक्री प्रबन्धक भिबोर क्यापिटल कृष्णगल्ली, ललितपुर र लुम्बिनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्ली बजारबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, लुम्बिनी विकास बैंककै उपत्यका भित्रका त्रिपुरेश्वर, कान्तिपथ, न्यूरोड, ठमेल तथा उपत्यका बाहिर पोखराको न्यूरोड र महेन्द्रपुल, विराटनगर, वीरगञ्ज र नारायणगढबाट समेत बोलपत्र भर्न मिल्नेछ । यसैगरी, भैरहवा, बुटवल, नेपालगञ्ज, जनकपुर र बनेपा शाखाबाट समेत लिलामी फारम बुझाउन पाइनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: