लुम्बिनीको १०% हकप्रद सेयर बाँडफाँट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - लुम्बिनी विकास बैंकले बिक्रीमा ल्याएको १०% हकप्रद सेयर बिहीबार बाँडफाँट भएको छ । बैंकले २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १४ लाख ७ हजार ५५३ कित्ताका लागि मात्र आवेदन परेको छ भने ६ लाख १ हजार ३२५.४७ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएका सेयर लुम्बिनीले अब लिलामीमा ल्याउनेछ । यस हकप्रदमा १८ हजार ७९२ जनाले आवेदन दिएका थिए । 

बैंकले माघ ११ देखि फागुन २३ गतेसम्म २० लाख ८ हजार ८७८.४७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब ८८ लाख ७८ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री गरेपछि चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार ३१५ रुपैयाँ हुनेछ ।
प्रकाशित : Friday, April 06, 2018

recent

Popular Posts