×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक क्षेत्रमा सहयोग

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक क्षेत्रमा सहयोग

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।
शनिबार एक कार्यक्रमकाबीच बैंकले मातृभूमि महिला समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पीडित, द्वन्द पीडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी रु १ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ ।
त्यसै गरी बैंकले सोमबार एक कार्यक्रमकाबीच देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई समेत ५ लाख आर्थिक सहयोग प्रदान गरेको जनाएको छ । उक्त कार्यकममा चेक हस्तान्तरण बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाबाट भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: