×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मीका अध्यक्षलाई ‘प्रोक्सी’को दुरुपयोग गरेको आरोप, ठुला लगानीकर्ताको गुनासो, ‘यसरी त कसरी चल्छ र ?’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

महालक्ष्मीका अध्यक्षलाई ‘प्रोक्सी’को दुरुपयोग गरेको आरोप, ठुला लगानीकर्ताको गुनासो, ‘यसरी त कसरी चल्छ र ?’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आफ्नो लगानी नहुने तर अरुको प्रोक्सी बटुलेर नै बैंकको सञ्चालक समितिमा पुग्ने तथ्य नेपाली बैंकिङ क्षेत्रमा नौलो होइन । अझ बैंकको साधारणसभा आउने बेलामा यस्तो चर्चाले झन् प्राथमिकता पाउने गरेको छ । प्रोक्सीकै पावरले विभिन्न सञ्चालक समितिमा जाने र मनपरी गर्ने गरेको आरोप पनि नौलो होइन । यसैबीच महालक्ष्मी बिकास बैंकका हालका अध्यक्ष राजेश उपाध्यायलाई पनि बैंकको अवस्था नाजुक बनाउंदै जाने र आफु प्रोक्सीको  दुरुपयोग गरेर अध्यक्ष हुन खोजेको आरोप लागेको छ । 
सञ्चालकले नै लगाए यस्तो आरोप !
गत बिहिबार विहान अर्थ सरोकार डटकमका प्रतिनिधिलाई फोन गर्दै बैंकका एक सञ्चालक समितिका सदस्यले यस्तै आरोप लगाएका छन् । ‘उपाध्यायजीलाई मर्जरको समयमा सबैले अध्यक्ष स्वीकारेको हो । तर उहाँको पर्फर्मेन्स बैंकको नीतिविपरित देखिएको छ । काम नगर्ने र कर्मचारीलाई आतंकित तुल्याउने काम भएको छ । केहि समस्यामा परेका संस्थाहरुलाई मर्जरमा ल्याएको महालक्ष्मीमा उनको कारण झन् समस्या थपिएको छ ।’ उनले अर्थ सरोकार डटकमसँग भने, ‘यासपाले त उनले बैंक छाड्लान भन्ने सोचेका थियौं । अहिले प्रोक्सी बटुल्ने काममा धेरै खर्चसमेत गरिरहेका छन् उपाध्यायले । बैंकको अध्यक्ष बन्नका लागि किन यतिसम्म मरिहत्ते हो थाहा छैन । जवकी उनको निकै कम लगानी छ बैंकमा ।’ 
उपाध्याय विरुद्ध राष्ट्र बैंक र अख्तियार गुहार्दै सञ्चालकहरु !
यता बैंकका विभिन्न कामकारवाही गलत तरिकाले गरेको भन्दै आफुहरु सोको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंक गुहार्ने तयारीमा रहेको सञ्चालकहरु बताउँछन् । ‘कतिपय काम बैंकको नियम मिचेर गरिएको छ । कतिपय कर्जाका फाइलहरुलाई प्रेसर दिएर अगाडी बढाईएको छ । तर सुन्ने कोहि भएनन् । त्यसैले अव कुनै पनि हालतमा उपाध्यायविरुद्ध हामी हाम्रो अभियानमा हामी लाग्ने नै छौं । उहाँलाई राष्ट्र बैंक र अख्तियारले कारवाही गर्छ भन्ने हाम्रो अपेक्षा छ । केहि सीप लागेन भने हामी मिडियामा उनका कर्तुतहरु सार्वजनिक गर्छौं ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै अगाडी ती सञ्चालकले भने, ‘ठुला लगानीकर्ता हामी, अनि अध्यक्ष बन्नेचाहिं तिनी । यसरी त कसरी चल्छ र ? प्रोक्सीको चरम दुरुपयोग भएको केहि प्रमाणसहित हामी राष्ट्र  बैंक गुहार्दैछौं ।’
यसबारे हामीले बैंकका अध्यक्ष उपाध्यायलाई समेत सोध्ने प्रयास गरेका थियौं । तर यसबारे बुझ्न खोज्दा उनीसँग पटक पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । यता बैंकमा फोन गरी यस विषयमा बुझ्न खोज्दा  त्यहाँका कर्मचारीले भने, ‘हामीलाई त यस्ता कुरा थाहा हुँदैन ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: