×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी श्रीमती, जसले घरमै बसीबसी कुम्ल्याइन् १८ लाख

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी श्रीमती, जसले घरमै बसीबसी कुम्ल्याइन् १८ लाख

कालिकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी श्रीमती चन्दा शाहीले घरमै बसीबसी १८ लाख भन्दा बढी राज्यको ढुकुटीबाट तलब खाएको पुष्टी भएको छ । शाही कालिकोटको पचाल झरनाको गाउँपालिकाको तिकुवास्थित कालिका आधारभूत विद्यालयकी शिक्षिका हुन् । उनले सोही विद्यालयमा नपढाएरै उक्त रकम कुम्ल्याएकी हुन् ।
तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएलगत्तै जनमुक्ति ब्यारेकमा बसेबाट चन्दा श्रीमानसँगै बस्न थालेकी थिइन् । त्यो बेला पटक पटक विद्यालयमा हाजिर गर्न गएपनि महेन्द्रबहादुर शाही दोस्रो संविधानमा कालिकोटबाट निर्वाचित भएदेखि चन्दा विद्यालयमा नियमीत उपस्थित हुन छोडेको विद्यालय श्रोतले जनाएको छ । २०७० सालमा श्रीमानसँग काठमाडौं बस्न थालेकी थिईन् ।
काठमाडौँ बसाईदेखि चन्दाले वर्षका एक पटक हाजिर लगाउन जाने तर तलब भने नियमित बुझ्दै आएकी छन् । यसरी बिद्यालयमा उपस्थित नभएरै तलब खाने व्यबस्था हालका मुख्यमन्त्री शाहीले मिलाई दिएका हुन् । उनले जिल्ला शिक्षा अधिकारीसँग छलफल गरेर नियमित तलब खाने व्यबस्था मिलाएका हुन् ।
कालीकोटको जिल्ला शिक्षा अधिकारी जो हुन्छ, उसँग बिभिन्न प्रलोभन देखाउँदै शाहीले आफ्नो श्रीमतीलाई तलब खाने मिलाउँदै आएका छन् । चन्दाले २०७० साल यता मासिक २७ हजारको दरले अहिलेसम्म ५ बर्षको करिब १६ लाख २० हजार तलब बुझेकी छन् ।
त्यस्तै दशैंभत्ता ५ वर्षको २० हजारको दरले १ लाख र पोशाकभत्ता पनि बुझ्दै आएकी छन् । यो सबै रकम जोड्दा झण्डै १८ लाख बढी हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: