×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्रीमतीको काण्डपछि मुख्यमन्त्री शाहीको खुल्यो यस्तो रहस्य

कालीकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अर्को गोप्य रहस्य खुलेको छ । यसअघि मुख्यमन्त्री शाहीपत्नी चन्दा शाहीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलासा भएपछि माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ ।
यो काण्ड सेलाउन नपाउदै मुख्यमन्त्री शाही आफैले विगत ६ वर्षदेखि बिशिष्ट श्रेणीको जीवन निर्वाह भत्ता खाँदै आएको पाईएको छ । स्राेतले प्रदान गरेको प्रमाणअनुसार मुख्यमन्त्री शाहीले मासिक १२ हजार ४ सय रुपैयाँ बिशिष्ट श्रेणीको जीवन निर्बाह भत्ता खाँदै आएका छन् ।
सरकारले विगत दश बर्षे सशस्त्र द्धन्द्धको समयमा सक्त घाईते भएका व्यक्तिहरुलाई दिदै आएको बिशिष्ट श्रेणीको भत्ता मुख्यमन्त्रीले खादै आएका छन् । जीवन निर्बाह भत्ता हातखुट्टा समेत गुमाएका र अन्य अंगभंग भएर निक्कै गम्भीर घाइते बनेका व्यक्तिले पाउने भत्ता हो ।
अर्थात् मुख्यमन्त्री शाहीले खाने बिशिष्ट श्रेणीको जीवन निर्बाह भत्ता भनेको अर्काको सहायतामा बाँचीरहेका घाईतेहरुले खाने भत्ता भएकाे स्रोतले बताए ।
स्थानीय शान्ति समिति कालिकोटका अनुसार जिल्लाबाट समितिले निर्णय गरी पठाएका १ सय ३४ जना घाईतेहरुले अहिले पनि राहत पाउन सकेका छैनन् । तर मुख्यमन्त्री शाहीले भने २०६८ सालदेखि नै सरकारले उपलब्ध गराउदै आएको जीवन निर्वाह भत्ता खाँदै आएका छन् ।
स्थानीय शान्ति समितिका अनुसार कालिकोटमा विशिष्ट र प्रथम श्रेणीको भत्ता खानेहरु जम्मा ६५ जना छन् । जसमध्ये विशिष्ट श्रेणीको जीवन निर्वाह भत्ता खानेहरु १० जना छन् भने प्रमथ श्रेणीको भत्ता खानेहरु ५५ जना रहेका छन । केही समय अगाडी सरकारले द्धन्द्धको समयमा घाईते भएकाहरुको अवस्था र पुनरावलोकन गर्न केन्द्रले गरेको परिपत्र अनुसार जिल्लामा घाईते अपांग प्रतिशत निर्धारण एवं पुनरावलोकन समितिमा जीवन निर्बाह भत्ता खानेहरु ६५ जना मध्य ५१ जनाले मात्र निवेदन दिएका प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार बाँकी १४ जना सम्पर्कमा नै आएका छैनन् । कतिपय नक्कली आपंगहरु रहेकाले पुनर्मुल्याँकनमा नआएको हुन सक्ने अनुमान पनि प्रशासनको छ ।
स्रोतका अनुसार गत कात्तिक महिनामा भुक्तानी गर्नुपर्ने रकम निर्बाचनका कारण माघ महिनामा मात्रै खातामा पठाईएको छ । सरकारको मापदण्ड अनुसार विशेषज्ञ डाक्टरहरुको सिफारिसमा ७१ प्रतिशतदेखि सय प्रतिशतसम्मका घाईतेहरु बिशिष्ट श्रेणीको जीवन निर्बाह भत्ता खान पाउछन् ।
त्यस्तै ५१ देखि ७० प्रतिशतसम्मका घाईतेहरु प्रथम श्रेणीमा पर्दछन् । र ५१ प्रतिशत भन्दा कममा पर्ने घाईतेहरुले उक्त जिवन निर्बाह भत्ता खान पाउदैनन् । सरकारले पुर्ण रुपमा काम गर्न नसक्ने घाइते नागरिकलाई जीवन निर्वाह भत्ता दिदै आएको छ ।
कालिकोटमा विशिष्ट श्रेणीको जीवन निर्वाह भत्ता खानेहरुमा मुख्यमन्त्री शाहीसँगै रतन परियार, सुरेश शाही, हर्ष बहादुर शाही, धीरेन्द्र ब शाही, राज बुढाक्षेत्री, अजबीर शाही, शेरबहादुर कार्की, कस्ने एेडी र नरेन्द्र एेडी रहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: