×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मञ्जुश्री फाइनान्सको ५% हकप्रद भर्ने आज अन्तिम म्याद, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मञ्जुश्री फाइनान्सको ५% हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन रहेको छ । चैत ८ गतेदेखि  कम्पनीले १००ः५ अनुपातमा ३ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौं र यसका शाखा कार्यालयहरुबाट सेयर भर्न पाइनेछ । यसैगरी, मञ्जुश्री फाइनान्सको नयाँ बानेश्वर काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट पनि सेयर भर्न मिल्नेछ ।आस्वा प्रणालीमा सहभागी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न पाइनेछ । 
हाल मञ्जुश्रीको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्री गरिसकेपछि चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ९५० रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: