×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगा बैंकको खुद नाफा ३.२३% घट्नुमा के छ कारण ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मेगा बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५२ करोड ४९ लाख ४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ३.२३% ले घटेर हो ।  गत वर्ष यही अवधिमा खुद नाफा ५४ करोड २४ लाख २१ हजार रुपैयाँ कमाएको थियो । खुद ब्याज आम्दानी १३.२७% बढेर १ अर्ब ३० करोड ९ लाख ५१ हजार रुपैयाँ कमाएको छ तर सञ्चालन नाफा १४.७७% ले घटेर ६८ करोड ४२ लाख ८९ हजार रुपैयाँ मात्र कानको छ । सञ्चालन नाफा ओरालो लाग्दा खुद नाफा पनि प्रभावित भएको हो । 
बैंकले सम्भावित जोखिममा ३५ करोड ८९ लाख ३७ हजार रुपैयाँ छुट्याउँदा राइट ब्याक रकम १० करोड ५९ लाख ६६ हजार रुपैयाँ छ । निक्षेप संकलन ११.८७% ले वृद्धि गरी ४३ अर्ब ६६ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । कर्जा लगानी पनि १८.१८% ले विस्तार भएको छ । यो त्रैमाससम्म ४१ अर्ब २८ करोड ६६ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.९८% र कस्ट अफ फन्ड ७.६४% छ । 
मेगाले चुक्ता पुँजी ६०.९८% वृद्धि गरी ७ अर्ब ३७ करोड ६७ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । पुँजीको ९.४५% बोनस सेयर दिने घोषणा पनि गरिसकेको छ । बोनसपछि पुँजी ८ अर्ब ७ करोड ३८ लाख ४५ हजार रुपैयाँ पुग्नेछ । यसैगरी, टुरिजम डेभलपमेन्ट बैंकसँग मर्ज भएपछि मेगाको चुक्ता पुँजी झन् माथि जानेछ । 
रिजर्भ कोषमा अहिले १ अर्ब ८१ करोड २१ लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । तेस्रो त्रैमाससम्म यस बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: