×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकले गर्यो लेखनाथ र कुष्मामा २ नयाँ शाखा विस्तार

काठमाडौं – मेगा बैंक नेपालले २ नया शाखा विस्तार गरेका छन् । उक्त शाखा कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुष्मामा विस्तार गरेको हो । पोखरा महानगरपालिका–२७ तालचोक र कुष्माको लोकतान्त्रिक चोकमा नयाँ शाखा विस्तार गरिएको हो । लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक सञ्चालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।
मेगा बैंकका कम्पनी सचिव तुलसीराम पोखरेलका अनुसार शाखा विस्तारपछि त्यस क्षेत्रका बासिन्दाहरु उत्साहित बनेका छन् । यसैगरी, कुष्मा शाखाको मेगा बैंक सञ्चालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुष्मा उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले संयुक्त रुपमा उद्घाटन गरेका छन् । 
लेखनाथ र कुष्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी रहेको बैंकले जनाएको छ । मेगा बैंकको ५४ वटा मेगा मनि मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट रहेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: