×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सको खुद नाफामा १३.५१% ले ह्रास, ह्रास हुनुमा के छ कारण ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मेरो माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १३.५१% ले घटेको छ ।  गत वर्ष मेरोले ६ करोड ९३ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको थियो भने अहिले ९९ लाख ३३ हजार रुपैयाँ  मात्र खुद नाफा कमाएको छ । 
खुद ब्याज आम्दानीमा पनि १.५८% ले कमी आएर १५ करोड २२ लाख ८५ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी आर्जन गरेको छ । मेरोले गत वर्ष १५ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा पनि १० करोड ८९ लाखबाट घटेर ९ करोड ४१ लाख ८१ हजार रुपैयाँमा खुम्चिएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट आउँदा खुद नाफा प्रभावित भएको हो । 
चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ रहेको मेरो माइक्रोफाइनान्सको रिजर्भ कोषमा १२ करोड ३७ लाख ७५ हजार रुपैयाँ छ । रिजर्भ कोष मजुबत बनाउने चुनौती यस कम्पनीलाई पनि हुनेछ । गत वर्ष मेरोको चुक्ता पुँजी २२ करोड र रिजर्भ कोषमा १४ करोड ६१ लाख ८७ हजार रुपैयाँ थियो । निक्षेप संकलन ४२ करोड ५५ लाखबाट वृद्धि हुँदै ६९ करोड ९४ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
कर्जा लगानी पनि २ अर्ब १ करोडबाट बढाएर ३ अर्ब २ करोड ६८ लाख ४९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । खराब कर्जा १.३६% बाट बढेर १.३९% पुगेको छ । प्रतिसेयर आम्दानी २७ रुपैयाँ ९४ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २९ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: