×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मितेरी डेभलपमेण्ट बैंकको खुद नाफामा गिरावट, घट्नुको यस्तो छ कारणहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ बैशाख २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

मितेरी डेभलपमेण्ट बैंकको खुद नाफामा गिरावट, घट्नुको यस्तो छ कारणहरु

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा मितेरी डेभलपमेण्ट बैकको नाफा ११.३३% ले घटेर ७ करोड २८ लाख रुपैयाँ पुगेको छ । बैंकले गत वर्ष यहि अवधिमा ८ करोड २७ लाख रुपैयाँ कमाएको थियो । वित्तीय संस्थाको प्रमुख आम्दानी श्रोत खुद आम्दानीमा अघिल्लो आवको तेश्रो त्रैमासमा १०.६०% घट्नु प्रमुख कारण हो ।
बैंकलव खुद ब्याज आम्दानी जम्मा १२ करोड ८६ लाख आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा खुद ब्याज आम्दानी १४ करोड ३८ लाख रुपैयाँ कमाएको थियो । साथै संचालन नाफा पनि ११.८७% ले घटेर ११ करोड ४४ लाख रुपैयाँ रहेको छ । त्यस्तै जोखिम व्यवस्थापन कोष ५४.४३% ले बढेर ८० लाख रुपैंया छुट्याएको छ । यस कारणले गर्दा बैकको नाफा घटेको हो ।
मितेरी डेभलपमेण्ट बैंकले ३ अर्व १७ करोड निक्षेप संकलन गरेकोमा २ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैकंमा गत आवको तेश्रो त्रैंमास भन्दा ९.१९% ले घटेर १५ करोड ९४ लाख राखेको छ । गत आवको तेश्रो त्रैंमासमा बैकको जगेडा कोषमा १७ करोड ५५ लाख रुपैयाँ रहेको थियो ।
बैंकको प्रकासित प्रतिबेदन अनुसार निस्क्रिय कर्जा ०.३४% बाट ०.९ प्रतिशत पुगेको छ । चुक्ता पुँजीमा ३१.४८% को वृद्धि तथा नाफा ११.८८% को गिरावटको कारणले गर्दा प्रतिशेयर आम्दानीमा प्रतिकुल असर परेको छ । गत आवको ९ महिनाको अवधिमा मितेरी डेभलपमेण्टको प्रतिशेयर आम्दानी २९ रुपैयाँबाट करिव ३३% ले घटेर १९ रुपैयाँ ४४ पैसा पुगेको छ ।
अन्य वित्तीय सूचकहरुमा मूल्य आम्दानी अनुपात १४.८७ गुणा , प्रतिशेयर आम्दानी १ सय ३१ रुपैयाँ ८८ पैसा, प्रति शेयर कुल सम्पति ७ सय ७७ रुपैंया ५० पैसा , पुँजीकोष अनुपात १९.९३% तथा तरलता अनुपात २६.५४% रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: