×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसीको खुद मुनाफा ५४ करोड ३१ लाख ५२ हजार, अरु सुचनको यस्तो छ अवस्था

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनसीसी बैंकले ५४ करोड ३१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको भन्दा नाफा २२४.५३% ले धेरै हो । गत वर्ष एनसीसीले १६ करोड ७३ लाख ६२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । खुद नाफा भारी मात्रामा वृद्धि हुँदा पनि खुद ब्याज आम्दानीमा भने सुधार हुन सकेको छैन ।
खुद ब्याज आम्दानी ३४.६७% ले घटेर १ अर्ब १ करोड ८ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष एनसीसीले १ अर्ब ५४ करोड ७३ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, सञ्चालन नाफा पनि २९९.७३% ले बढेर ३४ करोड ६३ लाख ९६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जम्मा ८ करोड ६६ लाख ५६ हजार रुपैयाँ मात्र सञ्चालन नाफा भएको थियो ।
यस त्रैमासम्म आइपुग्दा एनसीसीले भारी मात्रमा राइट ब्याक गर्न सफल भएको छ । बैंकले ४४ करोड २१ हजार रुपैयाँ राइट ब्याक गरेको छ । खुद नाफा भारी मात्रामा बढ्नुमा सञ्चालन नाफा र राइट ब्याकको योगदान देखिन्छ । सम्भावित जोखिमका लागि बैंकले २३ करोड ३४ लाख ८५ हजार रुपैयाँ छुट्याइएको छ ।
एनसीसीले ५५ अर्बबाट निक्षेप बढाएर ५९ अर्ब १० लाख ४ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । कर्जा पनि ४८ अर्बबाट बढाएर ५२ अर्ब १२ करोड ७६ लाख ७ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ३ अर्ब १२ करोड ७८ लाख ९९ हजार रुपैयाँ छ । 
गत वर्ष ४.६८% रहेको एनसीसीको खराब कर्जा यो त्रैमासमा ३.९७% मा झरेको छ । कस्ट अफ फन्ड भने ५.७५% बाट बढेर ८.५२% पुगेको छ । कर्जा निक्षेप अनुपात ७५.६०% छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४८ पैसा (वार्षिक) रहेको एनसीसीको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ८५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: