×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशियाको भारतबाट इनवार्ड रेमिट्यान्स सुरु

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिट्यान्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौता अनुसार एक्सिस बैंकको भारतमा रहेको ३ हजार ५ सयभन्दा बढि शाखाहरुबाट नेपालमा रेमिट्यान्स पठाउन सकिनेछ । नेपालमा एनआइसीको १ सय ९२ वटा शाखाहरु तथा ५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिनेछ ।
शाखा सञ्जाल र एटिम संख्याको आधारमा निजी क्षेत्रको सवैभन्दा वढि शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ । यस बैंक १ सय ९३ एटिएम सञ्चालनमा छ । समग्रमा यस बैंकको ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५ हजारभन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट ९प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी० सहित ५ हजार ३ सय ९३ भन्दा बढि भौतिक सञ्जाल मार्पmत् बैकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भएको बैंकको दाबी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: