एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगर–चोकबजारमा

एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजार शाखाको चैत्र २६ गते एक समारोहका बिच विधिवत समुद्घाटन गरेको छ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल एवं यस बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।

उक्त कार्यक्रमका प्रमुख अतिथी रेनु दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको बताइन् । कार्यक्रममा संचालक राजेन्द्र प्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे ।

एनआईसी एशिया बैंक १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५४ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०६ अर्ब र कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको छ । 

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
प्रकाशित : Monday, April 09, 2018

recent

Popular Posts