×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राजश्वमारा ‘एनएलजी इन्सुरेन्स’को कर्तुत ! १५०० को सेवा दिंदा यसरी हुन्छ ६५० रुपैयाँ घोटाला ! (प्रमाणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनएलजी इन्सुरेन्सले खुलेआम रुपमा आफ्ना ग्राहकलाई ठग्ने र देशमारा काम गर्ने गरेको खुलासा भएको छ । नियम अनुसार तिर्नुपर्ने मूल्यअभिवृद्धि कर उठाउने तर त्यसको बिल नदिएर सो वापतको रकम झ्वाम पार्ने गरेको प्रमाण अर्थ सरोकार डटकमले पाएपछि यस्तो खुलासा भएको हो । कम्पनीका कर्मचारीले नियम विपरित काम गरेर १५०० रुपैयाँको एउटै इन्सुरेन्स गर्दा ६५० रुपैयाँ ठगेर आफ्नो पोल्टामा हाल्ने गरेको तथ्य सार्वजनिक भएपछी कम्पनीको यस्तो कर्तुत बाहिरिएको हो ।
हेर्नुहोस् यसरी हुन्छ ठगी !
कम्पनीले दिएको कथित बिल हेर्नुहोस् । जसमा १५०० रुपैयाँको इन्सुरेन्स गर्दा १० रुपैयाँको टिकट जोडेर १५१० रुपैयाँ जनाइएको छ । त्यसमा १९६.३० रुपैयाँ भ्याट जोडेर १७०६.३० रुपैयाँ उठाइएको छ । जवकी यस्तो बिल भ्याट बिल नै होइन । भ्याट बिजकको निश्चित फर्म्याट छ । यो बिललाई भ्याट बिलको उपमा दिन सकिंदैन । न संस्थाको नाम छ, न केहि । मात्र कम्पनीको छाप लगाइएको छ र एउटा हस्ताक्षर गरिएको छ । अझ खास कुरा त के छ भने कम्पनीका कर्मचारीले १५०० को सेवा दिंदा ६५० आफ्नै पोल्टामा राख्ने रहेछन् । १५१० रुपैयाँको भ्याट १९६.३० उठाए । भ्याट बिजक जारी नगरेपछि त्यो पैसा आफ्नो पोल्टामा गइनै हाल्यो । अव बिजक नै जारी नगरेपछि त्यसलाई सेल्सको रुपमा बुक गर्नुपनि परेन । भनेपछि १५१० रुपैयाँको आयकर पनि खाए । उक्त आयकर १५१० रुपैयाँको ३० प्रतिशत हुन्छ । अनि यसरी १५१० रुपैयाँको सेवा दिंदा कम्पनी वा तिनका कर्मचारीले ६५० रुपैयाँ घोटाला गर्दा रहेछन् । बाँकी प्रमाण आफैं बोलेको छ ।
यो घटना एनएलजी इन्सुरेन्स गुर्जुधाराको यातायात अगाडीको काउन्टरमा भएको हो । दिनमा यसरी सेवा लिने सयौं ग्राहकबाट बार्षिक करोडौं रुपैयाँ छली हुँदा पनि नियामक निकाय भने कानमा तेल हालेर बसेको छ । यसरी खुलेआम रुपमा भ्याट र कर छली हुँदा पनि राजश्व विभाग रमिते बनेर बसेको छ भने नियामक बीमा समितिले पनि केहि गर्न सकेको छैन ।

के भन्छन् सम्बन्धित निकाय ?
यस बारेमा हामीले एनएलजी इन्सुरेन्सका सूचना अधिकारीसँग बुझेका थियौं । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै कम्पनीका सुचना अधिकारीले भ्याट उठाएपछी भ्याट बिजक जारी गर्नुपर्ने बताए । ‘भ्याट बिल दिनुपर्छ । किन दिइएनछ, के भएछ म बुझ्छु ।’ उनले भने । यता आन्तरिक राजाश्व विभागका कर्मचारीहरु पनि भ्याट उठाएपछी भ्याट बिजक जारी नगर्नु अपराध भएको दावी गर्छन् । तर एनएलजी इन्सुरेन्सले गरिरहेको यस्तो ठगी धन्दाबारे यी सबै निकाय मौन हुनुको पछाडी केहि खिचडी पाकिरहेको बुझ्न गाह्रो छैन । यस अघि पनि थुप्रै काण्डमा फसेको एनएलजी इन्सुरेन्स कम्पनीलाई यस अघि पनि कारवाही भएको थिएन । अझ १५०० सयको सेवा दिंदा ६५० रुपैयाँ झ्वाम पार्ने यस्तो संवेदनशील विषयमा समेत कोहि नबोल्दा एनएलजी इन्सुरेन्सबाट ठगिन आम नागरिक बाध्य भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: