×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंकको खुद नाफा २३.३०% वृद्धि, कति छ ब्याज आम्दानी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २३.३०% बढेर एक अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबिले एक अर्ब १४ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी भएको एनएमबि बैंकले जगेडाकोषमा पाँच अर्ब ६३ करोड ५४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९.८८% वृद्धि गरी ८५ अर्ब २९ करोड ६२ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २२ दशमलव ८६ प्रतिशत वृद्धि गरी ७४ अर्ब एक करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको खुद व्याज आम्दानी १३.२८% ले बढेर दुई अर्ब १० करोड ३२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४४.५२% ले बढेर एक अर्ब ६९ करोड रुपैयाँ पुगे्को छ । यो अवधिमा ३४ करोड ९६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १५ करोड ७८ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्कृय कर्जा १.१०%, जोखिमयुक्त सम्पत्ति १२.९३%, प्रतिसेयर आम्दानी वार्षिक २९.०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १५.२९ गुणा, तरलता अनुपात २५.३६ % र प्रतिशेयर नेटवर्थ एक सय ८७.२१ रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: