×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंकद्धारा किसानहरुलाई तरकारीको बिउ वितरण

एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्र्तगत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य बराबरका ११ किसिमका बेमैसमी तरकारीका विउ वितरण गरेको छ । बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई सो विउ प्रदान गरेको हो ।
सोही कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ICIMOD र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प समेत वितरण गरेको छ । 
कार्यक्रममा मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सीले कृषिमा गरिने लगानीले देशको दिगो बिकासमा टेवा पुग्ने र बास्तविक अर्थतन्त्रमा समेत लगानी हुने भएकाले बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ICIMOD र अष्ट्रेलियन सरकारको संयुक्त सहकार्यमा व्यवसायीक तरकारी खेतीका लागि यो पहल गरेको जानकारी दिए । बैंकले आगामी दिनहरुमा साना तथा मझौला ब्यावसाय र कृषि क्षेत्रमा गर्न यस्ता सहज लगानी गर्ने उनले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: