नबिल इन्भेष्ट एप सार्वजनिक

काठमाडौं  - नबिल इन्भेष्टमेण्ट बैङ्किङले अत्याधुनिक सुविधासहितको नबिल इन्भेष्ट एप सार्वजनिक गरेको छ । हाललाई गूगलमा मात्र उपलब्ध यो एप आईओएसमा पनि चाँडै नै उपलब्ध हुने बताइएको छ ।

यो एपबाट नबिल इन्भेष्टमेण्टको डि–म्याट खाता, पोर्टफोलियो म्यानेजमेण्ट सर्भिस सामूहिक लगानी कोष, शेयर बाँडफाँट, शेयर बजार तथा समसामयिक सूचना प्राप्त गर्न सकिन्छ ।

आगामी दिनमा एप्समार्फत नै डि–म्याट खाता खोल्ने तथा अनलाइन पेमेण्ट गर्न सक्नेजस्ता अत्याधुनिक सुविधा सञ्चालन गर्ने योजना रहेको नबिल इन्भेष्टमेण्ट बैङ्किङका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले जानकारी दिए ।
प्रकाशित : Sunday, April 15, 2018

recent

Popular Posts