×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकको भएन प्रगति, १४.१७% ले घट्यो खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म नेपाल बंगलादेश बैंकले ७१ करोड ३ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो खुद नाफा गत वर्षको तुलनामा १४.१७% ले घटेको हो । यो बैंकको खुद ब्याज आम्दानीमा १४.६२% बढेर १ अर्ब २४ करोड ८७ लाख ९ हजार रुपैयाँ कमाएको छ । तर पनि सञ्चालन नाफा भने १०.५५% ले घटेको छ । सञ्चालन नाफा भने १ अर्ब १० करोड ४१ लाख १० हजार रुपैयाँबाट घटेर ९८ करोड ७६ लाख ५२ हजार रुपैयाँमा सीमित भएको छ । 
बंगलादेश बैंकले ९ करोड ६९ लाख ६७ हजार रुपैयाँ राइट ब्याक गर्दा प्रोभिजनमा ३८ करोड ५३ लाख ४६ हजार रुपैयाँ राखेको छ । यता, निक्षेप संकलन र कर्जा लगानीमा भने सामान्य सुधार भएको छ । यो बैंकले ४२ अर्ब ३६ करोड ३२ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ७ करोड ५६ लाख ६८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेप संकलन गत वर्षको भन्दा ९.९३% मात्र धेरै हो भने कर्जा लगानी १२.९६% ले विस्तार भएको छ । यो बैंकको कर्जा निक्षेप अनुपात ७८.६०% छ ।
नेपाल बंगलादेश बैंकको खराब कर्जा १.०१% बाट बढेर १.७७% पुगेको छ । कस्ट अफ फन्ड पनि ४.९१% बाट ७.९८% भएको छ । यता, चुक्ता पुँजीमा उल्लेख्य वृद्धि हुँदा रिजर्भ कोष भने सोही अनुपातमा बढ्न सकेको छैन । यसको चुक्ता पुँजी ४६.६८% ले बढेर ८ अर्ब ८ करोड ८१ लाख ४४ हजार रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ७.२८% को मात्र सुधार भएको छ । रिजर्भमा अहिले ३ अर्ब ६ करोड ३३ लाख ६१ हजार रुपैयाँ जम्मा भएको छ । यो बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ छ । प्रतिसेयर आम्दानी र नेटवर्थ दुवै गत वर्ष भन्दा घटेका छन् । गत वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ थियो भने प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: