नेपाल कम्युनिटीको एजीएम जेठ १८ मा हुने, सभामा ९.०६ % लाभांश दिने प्रस्ताव पेश गर्दै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जेठ १८ गते नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा ८.६१% बोनस सेयर र ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । सभाका लागि बैंकले वैशाख २८ देखि जेठ १८ गतेसम्म बुक क्लोज गरिने जनाएको छ । वैशाख २७ गतेसम्म कायम सेयरधनी मात्र लाभांश प्राप्त गर्ने छन् ।

सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा दरबार लन प्रा.लि. रुपन्देहीमा विहान ९ बजे सुरु हुनेछ । नेपाल कम्युनिटीले हाल कायम ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ चुक्ता पुँजीको ८.६१% बोनस दिन लागेको हो । बोनसपछि पुँजी ५२ करोड ६३ लाख ७७ हजार रुपैयाँ पुग्नेछ । 
प्रकाशित : Friday, April 27, 2018

recent

Popular Posts