×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चार जिल्लाका प्रहरी प्रमुखको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ – प्रहरी प्रधान कार्यालयले चार एसपीको सरुवा गरेको छ। धादिङ, सुनसरी, सिरहा र मकवानपुर जिल्लामा प्रहरी प्रमुखको सरुवा भएको हो ।
केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका जीवनकुमार श्रेष्ठलाई सिराह सरुवा गरिएको छ । एसपी डम्वरबहादुर विकलाई धादिङ,लोकेन्द्र श्रेष्ठलाई मकवानपुर र राजन अधिकारीलाई सुनसरी सरुवा गरिएको हो । चारै जनालाई काजमा सरुवा गरिएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाले बताए ।
मकवानपुरका एसपी विकासराज खनाल ३३ केजी सुन काण्डमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: