×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्सुरेन्सको वैशाख ५ देखि १००% हकप्रद आउंदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख ५ गतेदेखि नेपाल इन्सुरेन्स कम्पनीले १००% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ३० लाख १९ हजार ८८६.१० कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा जेठ ८ गतेसम्म आवेदन दिन सकिनेछ । हाल यो इन्सुरेन्सको चुक्ता पुँजी ३० करोड १९ लाख ८८ हजार ६१० रुपैयाँ छ । १००% हकप्रदपछि भने पुँजी ६० करोड ३९ लाख ७७ हजार २२० रुपैयाँ पुग्नेछ । 
लगानीकर्ताले हकप्रदको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका लालदरबार काठमाडौं, लगनखेल ललितपुर तथा चिप्लेढुंगा पोखरा शखाबाट आवेदन दिन सक्नेछन् । नेपाल इन्सुरेन्सको रजिष्टर्ड कार्यालय कमलादी काठमाडौं तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन पाइन्छ । यसैगरी, आस्वाबाट पनि हकप्रदका लागि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: