×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्धनका सदस्यलाई उद्यमशीलता विकास तालिम

काठमाडौं – निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ चैत्र २८ गतेदेखि ३० गतेसम्म चितवन जिल्लाको टाँडीमा “उद्यमशीलता विकास तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा दलदले, चनौली र टाँडी शाखाका २० जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले जानकारी गराएका थिए ।
यस तालिममा प्रशिक्षकहरुमा बैंकका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठ, वरिष्ठ ब्यवस्थापक परमेश्वर चौधरी रहेका थिए । 
यस तालिममा ग्राहक सदस्यहरुले आयआर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, आत्म विश्लेषण, सफल उद्यमीका विशेषताहरु, बाख्रपालन तथा भैंसीपालन सम्बन्धी भिडियो, वित्तीय साक्षरता सम्बन्धी भिडियो, ब्यवसाय छनौट, प्रारम्भिक छनौट प्रक्रिया, वृहद छनौट, सुक्ष्म छनौट प्रक्रिया, सफल उद्यमीको अनुभव, नमूना स्किमहरु, विभिन्न प्रविधि सम्बन्धी भिडियोहरु, बैंकको सेवाहरु, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बजार, बजारिकरण, बजार सञ्जालको महत्व बारेमा सहभागीहरुले जानकारी लिएको क्षेत्रीय प्रमुख चौधरीले बताएका थिए ।
तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट सविता चौधरी, जित कुमारी खोजवार, रिना प्रधानले तालिमको मूल्याकंन गरेका थिए । यस उद्यमशीलता विकास तालिम फाईदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए । बैंकले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफनो ग्राहक सदस्यहरुको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरुले खुशी ब्यक्त गरेका थिए । समापन सत्रमा निर्धन उत्थान बैंक टाँडी शाखाका प्रमुख ज्योति राज रेग्मीले मन्तब्य दिएका थिए । तालिमको समापन बैंकको भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले गरेका थिए ।
क्षेत्रीय प्रमुख चौधरीले एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताएको थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख चौधरीले बताएका थिए ।
बैंकले ७ वटै प्रदेशका देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पु¥याई रहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ । यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ ।
यसका साथै विभिन्न प्रकारका सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, सचेतनामूलक तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।
यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । बैंकले २०७४ फाल्गुण मसान्तसम्ममा ३,०७,००९ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ । बैंकले २०७४ फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १४ अरब २५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ५९ करोड बचत परिचालन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: