×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओलीको टोलीमा भारत जाँदैछन् हमाल ! यस्तो छ कार्यतालिका के होला त ‘कमाल’ ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अभिनेता राजेश हमाल पनि सँगै जाने भएका छन् ।
गत शुक्रबार भारत जना लागेका ओलीले कलाकारलाई पनि सहभागी गराएका हुन् ।
गत शुक्रबार राजधानीमा आयोजित फान अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो भारत भ्रमणका क्रममा भ्रमण दलका सदस्यमा कलाकारहरुलाई पनि सहभागी बनाउने बताएका थिए ।
उनले आफूले भारतमा रहँदा भारतीय कलाकारसँग पनि छलफल गर्ने भन्दै कलाकारलाई पनि विशेष महत्व दिएर भ्रमणमा सहभागी गराउने बताएका थिए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका सहभागी हुने मन्त्री, सांसद, सरकारी कर्मचारी, नेता र कलाकारको छनौट सुरु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अहिलेसम्म कलाकारबाट अभिनेता राजेश हमालको नाम सिफारिस भैसकेको जनाइएको छ । भारतीय कलाकारसँग छलफल पनि गर्नुपर्ने भएका कारण वौद्धिक कलाकारको छवि बनाएका हमाललाई टिममा समावेश गरिएको जनाइएको छ ।
भ्रमण टोलीमा सहभागी हुने राजेश बाहेकका अन्य कलाकारको भने टुंगो लाग्न बाँकी नै छ भने प्रधानमन्त्रीले दिल्लीमा भेटने भनेका भारतीय कलाकारको पनि टुंगो लागेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: