×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चितवनको चनौली र मकवानपूरको हेटौँडामा ओमका शाखा विस्तार

ओम डेभलपमेन्ट बैंक लिमिटेडले चितवनको चनौली र मकवानपुरको हेटौंडा शाखाको फरक फरक कार्यक्रम बिच बिधिवत उद्घाटन गरेको छ । चनौली शाखा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सहन लाल प्रधानले भिमनगर मा.बि.का बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै शाखाको उद्घाटन गरे ।
हेटौंडा शाखा उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले मकवानपूर बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै शाखा तथा एटिएमको उद्धघाटन गरे । 
कार्यक्रममा बैंकका अध्यक्ष सुशील कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकको बिविध पक्षहरुको जानकारी गराएका थिए । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ भने शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: