×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रधानमन्त्रीको आक्रोशः अनुहार हेर्दिन, सिण्डिकेट तोडिन्छ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सिण्डिकेट, भ्रष्टाचार र अनुचित कुरामा कसैसँग सम्झौता नगर्ने बताएका छन् । वर्तमान सरकार जनतावाट फूलचार्ज सरकार भएको बताउँदै ओलीले पिलपिल नगर्ने बताए ।
प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकलाई आइतवार बुटवलमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले सिण्डिकेट र भ्रष्टाचारको जालो तोडेरै छाडने बताएका हुन् ।
‘सिण्डिकेट तोडिन्छ, अनुचित कुरासँग सम्झौता गर्दैन । भ्रष्टाचार रोकिन्छ, म भ्रष्टाचार गर्दिैन कसैले गरेको सहन्न’ ओलीले भने ‘भ्रष्टाचारको मामिलामा अनुहार तिर हेर्दिन, को पर्छ भनेर ।’
ओलीले सुशासनको मामिलामा सरकार कठोर हुने चेतावनी दिए । ‘कहिले काही लाग्न सक्छ, सरकार निर्मम भयो भनेर । निर्मम हुने हो जनताको सेवाका लागि’ ओलीले अगाडि थपे, ‘सेटिङ मिलाउने, अनेक प्रकारका व्यबधान खडा गर्ने, घुस र कमसिनबाट राज्यलाई घाटा पार्नेसंग सम्झौता हुँदैन ।’
संसदलाई संवोधन गर्दै प्रधानमन्त्रीले सुशासन विना विकास गर्न नसकिने भएकाले राज्य कडा हुनुपर्ने बताए । राज्य बलियो हुने शासन गर्नको लागि नभइ जनतालाई शोषित हुन धम्काइन नदिनको लागि भएको उनले बताए ।
‘केही मान्छेहरुले सरकार बलियो भयो, अनावस्यक गर्र्यो भनिरहेका छन्’ ओलीले भने, ‘सरकार बलियो तानशाही व्यबस्थामा हो । जनता बलियो भयो भने लोकतन्त्र, सरकार बलियो भयो भने तानशाही हुन्छ । हामीले जनतालाई बलियो बनाउन खोजेको हो ।’
४ जना असामाजिक तत्वले राज्य हल्लाउने अबस्था आउन कुनै हालतमा हुन नदिने ओलीले दाबी गरे । ‘सरकारले त्यो अडान लिन्छ जनताको सेवाका लागि’ ओलीले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: