×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पोखरा फाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम मिति, यस्तो छ भर्ने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पोखरा फाइनान्सको १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । यस फाइनान्सले चैत १८ गतेदेखि संस्थापक समूहको ८० हजार ३४८.२७ कित्ता र सर्वसाधारण समूहको १ लाख ३५३.७४ कित्ता सेयर गरि कुल १ लाख ८० हजार ७०१.७४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरिरहेको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्नेछ । नेप्सेमा यो फाइनान्सको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १४४ रुपैयाँ छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंसहित शाखा कार्यालय लगनखेल ललितपुरबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको पोखरा न्यूरोड शाखा र नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढी शाखा कार्यालयबाट पनि भर्न सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: