×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३३ किलो सुन काण्डमा आइजीपी अर्याल

काठमाडौं – सेवा अघि सकिँदै गर्दा साढे ३३ केजी सुन बेपत्ता र भरियाको हत्या काण्डमा प्रहरी महानीरिक्षक प्रकाश अर्याल समेत मुछिएका छन् । महानगरीय प्रहरी अपराध महाशखाको प्रमुखका रूपमा रहँदा सबै काम आइजीपीलाई जाहेर गरेर मात्रै गर्ने गरेको बताउन थालेपछि अवकाशका बेला आइजीपी अर्याल सो काण्डमा मुछिएका हुन् । गृहमन्त्रालयमा भएको बयानका क्रममा पनि उनले चेनअफ कमाण्डमा हिसावले मेरो सबै अप्रेशन आइजीपीलाई जाहेर गरेको छु भनेका थिए । 
महाशाखामा कार्यरत प्रहरीको भूमिका शंकास्पद रहेको दाबी गर्दै गृह मन्त्रालयले महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई हेडक्वार्टर तानेर छानवीन अघि बढाएको छ । यतिबेला लोहनीलाई आइजीपी प्रकाश अर्यालले संरक्षण गरेका चर्चा मन्त्रालयमा शुरू भएको छ । अवकाशको मुखमै आइपुग्दा पनि भ्रष्ट प्रहरी अधिकृतको संरक्षणमा अर्याल लागेका हुन । हेडक्वार्टर तान्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशन ४ दिन बित्दा पनि कार्यान्वयन भएको थिएन तर दबाब परेपछि उनले आइतबार हेडक्वार्टर तानेका छन् ।
घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले बिहीबार प्रहरी प्रधान कार्यालयलाई अप्रेसनमा गएका डीएसपी प्रजित केसी र नायब निरिक्षक बालकृष्ण सन्जेलसहित महाशाखा प्रमुख लोहनीलाई हेडक्वाटर तानी छानबिनलाई सहज बनाउन निर्देशन दिएको थियो । तर आइतबार हेडक्वाटरबाट महाशाखामा पत्राचार भएको थियो । डीएसपी केसी शुक्रबार केही बेर अफिस आए पनि एसएसपी लोहनी र सई सन्जेल भने महाशाखा गएका छैनन् तर विदा पनि बसेका थिएनन् । ८८ किलो सुन बरामद गरेर चर्चामा एसएसपी लोहनी आफै ३३ किलो सुन प्रकरणमा फसेका छन् । मन्त्रालयले प्रमाण लुकाउन सक्ने भएकाले उनीहरूलाई त्यहाँबाट हटाइएको जनाएको थियो । 
उनीहरूलाई हेडक्वार्टर तानेपछि प्रहरीले मनाङ होटलका सञ्चालक भुजंग गुरूङसहित १० जना र थाइ एयरलाइन्सका कर्मचारीलाई समेत पक्राउ गरिसकेको छ । तस्करीको ३३ किलो सुन लुकाएको आरोपमा सनम शाक्यको हत्या भएको थियो । हत्यामा संलग्न सुन तस्कर गोरे भनिने चुडामणि उप्रेती फरार छन् । प्रहरीले उप्रेतीलाई जोगाएको र पीडितहरूलाई थुनेको उजुरीका आधारमा गृह मन्त्रालयले छानबिन थालेको थियो । चुडामणीलाई उनै सइ बालकृष्णको संरक्षण रहेको स्रोतको दावी छ । 
लामो समयदेखि महाशाखामा कार्यरत सई सञ्जेलको उप्रेतीसँग हिमचिम थियो । उनीहरू मामा भान्जाको नातो समेत लगाउदै आएका थिए । सई सन्जेलकै कारण सो समूहले विराटनगर गएर शाक्यको शव बरामद गरेको थियो । हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तर, हत्या गर्न लगाउनेहरूको खोजीमा चासो दिएको थिएन । जसकारण घटना रहस्यमय बनेको थियो । सो विषयमा पनि आइजीपीलाई जानकारी रहेको स्रोतले दाबी गरेको छ । सिआइवी प्रमुख रहँदा ३५ किलो सुन काण्डमा फसेका अर्याल अहिले ३३ किलो सुन लुकाउने मतिायारलाई जोगाउन लागि परेका हुन् । 
त्यसबेला महाशाखा प्रमुख लोहनीले आफू व्यक्तिगत काममा रहेको अफिसमा जानकारी गराएका थिए । लोहनीले आफूले आइजीपी प्रकाश अर्याललाई घटनाबारे सेकेन्ड सेकेन्डको अपडेट गराएर अप्रेसनमा गएको आफू बताएर पुन महाशाखामै बस्ने दाउमा लागेका भएपनि संभव नदेखिएपछि हेडक्वार्टमा पुगेको पनि गृहमन्त्रालय स्रोतले दावी गरेको छ । 
महाशाखाको टोलीले केही साताअघि विराटनगरमा हत्या गरिएका सुन तस्करीका भरिया सनम शाक्यलाई डिकीमा हालेर लैजाँदै गरेको अवस्थामा फेला पारेको थियो । तस्करी गरिएको साढे ३३ केजी सुन बेपत्ता भएपछि तस्करले शाक्यको हत्या गरेको महाशाखाको प्रारम्भिक रिपोर्ट थियो । तर, शाक्यको हत्या भएपछि लास आफुले ब्यवस्थापन गरिदिने आश्वासनमा प्रहरीले मुख्य तस्करलाई भगाएको आरोप महाशाखाका प्रहरी अधिकारीमाथि लागेको छ ।
‘हामी किन, के प्रयोजनका लागि विराटनगर जाँदैं छौं भन्ने सम्पूर्ण जानकारी आईजी सापलाई थियो, हामीले अप्रेसनको योजना बनाएदेखि नै आइजीसापलाई जानकारी गराएका थियौं’ एसएसपी लोहनीले आफूमाथि आइलागेको दोष आइजीपीको टाउकोमा राखिदिएपछि आइजीपीले नै उनलाई संरक्षण गरेको पुष्टि भएको छ । तत्कालै मन्त्रालयबाट लोहनीलाई फिर्ता बोलाउन निर्देशन हुने विषय अपेक्षा नै नगरेको हेडक्वाटर स्रोतले बतायो । आइजीपी अर्यालले यो विषयमा केही बताउन सकेका छैनन । चार दिन देखि गृहमन्त्रीसँग पनि भेट गरेका छैनन् । 
उनीहरूबीच केही दिनदेखि बोलचाल समेत बन्द भएको छ । विहिबार दिउसो विपद व्यवस्थापन महाशाखाको आयोजनामा भएको बैठकमा ढिलो गरी पुगेका आइजीपी अर्याल गृहमन्त्रीको निर्देशन शुरू नै नभई बाहिरिएपछि शुक्रबार मन्त्रालय गएनन भने शनिबार गृहमन्त्री चितवन गएपछि उनीहरूबीच संवादहीनताको अवस्था बनेको हो
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: