×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफको खुद नाफा ३३% वृद्धि हुनुमा यसो छ कारण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा ३३.६४% ले बढेर १४ करोड ३१ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यहि अवधिमा कम्पनीले १० करोड ७४ लाख रुपैयाँ कमाएको थियो । कम्पनीले 
चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ  भएको कम्पनीले जगेडाकोषमा ९४ करोड ८२ लाख रुपैयाँ र जीवन बीमा कोषमा ५ अर्ब ९८ करोड ४० लाख रुपैयाँ राखेको छ । जसले आम्दानीमा ३२.५१% ले बढेर २१ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ भने खर्च ३०.४५% ले बढेर ७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । 
कम्पनीको बीमा शुल्क खुद १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १८ करोड ७८ लाख रुपैयाँ रहेको छ । कुल कायम बीमालेखको संख्या ५ लाख ५९ हजार ६५२२ वटा र कुल दाबी भुक्तानी संख्या ९ सय १९ वटा रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३१.२८ रुपैयाँ, प्रति शेयर नेटवर्थ २६९.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०. ४३ गुणा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: