×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पुल्चोकमा प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउन्टर

काठमाडौं – प्रोग्रेशिभ फाइनान्स लिमिटेडले मंगलबार ललितपुरको पुल्चोकस्थित ललितपुर महानगरपालिकाको हाता भित्र बैंकिङ्ग सेवा प्रदान गर्न केन्द्रिय कार्यालय मातहत रहने गरि एक्सटेन्सन काउन्टर सुरु गरेको छ ।
फाईनान्स लि.का अध्यक्ष किशोर कुमार महर्जनको सभापतीत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको समेत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष तथा संचालक मुकुन्दप्रसाद दाहालले स्वागत मन्तब्य राखेका थिए । सो अवसरमा ललितपुर जिल्लाबाट संविधान सभामा सदस्य रहेका संविधान सदस्य पूर्व माननिय सांसद सिद्धिलाल महर्जन तथा चन्द्र महर्जन विशिष्ठ अतिथिको रुपमा उपस्थिति रहेको थियो ।
फाईनान्सको एक्सटेन्सन काउन्टरबाट सेवाग्राहीहरुले दस्तुर संकलन, बचत÷निक्षेप जम्मा तथा भुक्तानी, विभिन्न कम्पनीका रेमिट्यान्स सम्बन्धि कारोबार लगायतका सेवा दिने छ । फाईनान्सको हाल पाको न्यूरोडमा केन्द्रिय कार्यालय रहेको छ तथा काभ्रको बनेपा न.पा पुलबजारमा एक शाखा कार्यालय संचालनमा रहेको छ भने ललितपुरको महालक्ष्मीस्थानमा तथा भक्तपुरको थिमिमा समेत एक्सटेन्सन काउन्टर संचालनमा रहेको छ । यसरी हाल फाईनन्सले केन्द्रिय कार्यालय, शाखा कार्यालय तथा काउन्टर कार्यालय गरि ५ स्थानबाट आफ्नो सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: