×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शहरी बिकास विभागको RUDP कार्यक्रममा चरम भ्रष्टाचार ! शिवहरि शर्मा र चक्रवर्ती कण्ठविरुद्ध अख्तियारमा उजुरी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – शहरी विकास विभाग अन्तरगत RUDP कार्यक्रममा चरम भ्रष्टाचार भएको भन्दै दोषीलाई कारवाही गरी पाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । विभागलाई आफ्नै प्राइभेट कम्पनी सरह मानेर मनपरी गरेको भन्दै शहरी विकास विभागको आरयुडीपी कार्यक्रमका आयोजना प्रमुख चक्रवर्ती कण्ठ र विभागका महानिर्देशक शिवहरी शर्मा विरुद्ध अख्तियारमा उजुरी परेको हो ।
स्रोतका अनुसार शर्मा निकटनै रहेका एक कर्मचारीले विभागमा उनको दादागिरीले सीमा नाघेको र जागिरको सवाल भएकाले बोल्न पनि नसक्ने स्थिति भएपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार प्रमाणित नै हुने विवरणसहित उजुरी गरेका छन् । विभागका महानिर्देशक शर्मा र आयोजना प्रमुख कण्ठ मिलेर आफु खुसी काम गर्ने, जसले बढी कमिसन दिन्छ उसैलाई काम दिने र यस्ता कामहरुबाट अकुत सम्पत्ति आर्जन गरेकाले नीजहरुमाथि आवश्यक कारवाही गरी पाउँ भनी अख्तियारमा उजुरी परेको छ । 
यस्तो छ अख्तियारमा परेको उजुरीको विवरण ! शर्मा र कण्ठले व्यापक भ्रष्टाचार गरेको आरोप !
स्रोतका अनुसार शहरी विकास विभाग अन्तर्गत आरयु डीपी कार्यक्रममा Institutional Development Consultant service (IDC) प्रदेश नम्बर ७ का नगरपालिकाहरु अन्तर्गत Package No.: RUDP/MoUD/IDC/03 को मरामर्षदाता छान्ने क्रममा उक्त आयोजना कार्यकारी परामर्शदाता छान्ने क्रममा उक्त आयोजनाका कार्यकारी निर्देशक चक्रवर्ती कण्ठले अति गोप्य रहने प्राविधिक प्रस्ताव मुल्यांकनको Criteria, Building Design Authority JV Udaya & Plus का प्रतिनिधिलाई अति गोय रुपमा टिपाएको र सोहि Criteria अगाडी उपलब्ध गराए वापत करिव १० % अगाडी रकम लिइ त्यसको प्राविधिक प्रस्तावमा Building Design Authority JV Udaya & Plus लाई सबैभन्दा बढी नम्बर दिइ काम पार्ने कार्य गरेको थाहा हुन आएकोले आवश्यक प्रक्रियाबाट कारवाहीका  लागि श्रीमान् समक्ष अनुरोध गर्दछु’ भन्दै अख्तियारमा उजुरी परेको छ ।
उनका अनुसार नीज कंठले यसभन्दा अगाडी सोहीस्थानको (प्रदेश नं ७ का नगरपालिकाहरु) DSC पनि सोही फर्मलाई फुल रेटमा यसैगरी दिएको र DSC विराटनगर पनि फुल रेटभन्दा करिब २२% वढिमा सम्झौता गरिसकेको र यो बर्ष मात्रै करिब ६० करोड भन्दा बढि परामर्श सेवामा भ्रष्टचार गरेकोले आवश्यक कारवाहीको लागि अनुरोध गर्दै अख्तियारमा उजुरी गरिएको छ । त्यस्तै ९०ः१० प्राविधिक र आर्थिक प्रस्ताव भारको फाईदा उठाई अगाडी नै क्राइटेरिया उपलब्ध गराउने र आफुले भनेको फर्मलाई काम दिई करोडौं रुपैयाँ भष्टचार गर्न पल्केको नीज कठंले त्यहाँ भएका प्रायजसो सबै कामहरु यसैगरि दिने गरेकाले शर्ट लिष्टमा परेका र्फमहरुले पनि प्रस्ताव पेश नगर्ने गरेको व्योहोरासमेत उक्त उजुरीमा उल्लेख गरिएको छ । 
साथै यसभन्दा अगाडी त्यही ठाउँको DSC मा पनि केहि फर्मले प्रस्ताव नै पेश गरेनन् र पेश भएको प्रस्तावमा पनि दोस्रो फर्मलाई १२० नम्बर फरक गरि, दोस्रो फर्मले ८० प्रतिशत कम राखेपनि काम नपर्ने हिसावले अकं दिई सोही जेभीलाई फुल रेटमा काम सम्झौता गरियो । यस पटक IDC मा पनि सोही तरिका बाट शर्ट लिष्टमा भएका ६ जना मध्ये ४ जनाले मात्र प्रस्ताव पेश गरेको त्यसमा पनि २ जना लाई मात्र पास गरी सोही जेभीलाई फुलरेटमा काम पार्ने हिसाबले अंक दिई भ्रष्टचार गरेकोले छानविन गर्न माग गर्दछु भन्दै उक्त कामको प्रमाणसहित उजुरी परेको बुझिएको छ । 
गोप्य रुपमा रहने क्राइटेरीया कसरी बाहिर आयो र एउटै फर्मलाईफुल रेटमा सबै काम दिईयो ? यदि स्वस्थ प्रतिस्पर्धा भएमा ३० देखि ४०५ कममा काम हुने अवस्थामा फुल रेट वा इष्टिमेटभन्दा पनि बढिमा करार गराउने र व्यापक रुपमा भ्रष्टचार गर्ने नियतले त्यस आयोजनामा काम भईरहेकोले नीजलाई कडा भन्दा कडा कारवाहीका साथै यसरी क्राइटेरिया बाहिर आईसकेको कामलाई पुनः रि टेन्डरको मागसमेत गरी उजुरी गरिएको बुझिएको छ ।
साथै केहि दिनअघिमात्रै त्यस विभागका महानिर्देशक शिवहरी शर्मा सचिव दिनेद्रनाथ शर्मा र आयोजना प्रमुख चक्रवर्ती कंठको मिलेमतोमा सो Building Design Authorityलाई इस्टिमेटभन्दा ५.९५% मार्थि आर्थिक प्रस्ताव स्वीकृत गर्ने विमागबाट निर्णय भएको जानकारीमा आएकोले तत्काल कारवाहीको लागि अनुरोध गर्दछु। यस सम्बन्धि पत्र यस अघि पनि इमेलमार्फत पठाएको तर भ्रष्ट्रहरुमाथि कुनै कारवाही नभएकोले यथाशिग्र चाँडो भ्रष्टहरुलाई कारवाहीको लागि अनुरोध गर्दछु भन्ने उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: