×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चार नयाँ शाखाबाट राष्ट्रिय वाणिज्य बैंकको कारोबार सुरु

राष्ट्रिय वाािण्ज्य बैंक लिमिटेडले चार वटा नयाँ शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ । बैंकले सुर्खेत जिल्लाको गुर्भाकोट न.पा.–८ मा मेहेलकुना शाखा, अछाम जिल्ला सांफेबगर न.पा.–८ मा बयलपाटा शाखा, कैलाली जिल्लाको गैरीगंगा न.पा.–३ मा चौमाला शाखा र खोटाङ जिल्लाको ऐंसेलुखर्क गा.प.–३ मा ऐंसेलुखर्क शाखाबाट कारोबार सुरु गरेको हो । 
बैंकको हाल ६९ जिल्लामा १८६ वटा शाखा कार्यालय, १३० वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ्ग र ६८ वटा शाखाहरुबाट सरकारी कारोबार हुँदै आइरहेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र साविक एन.आई.डि.सी. डेभलपमेन्ट बैंक लिमिटेड बीच मिति २०७५ बैशाख १९ गते एकिकृत कारोबारको शुभारम्भ हुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: