×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिलायन्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम म्याद, यस्ता छन् भर्ने ठाउँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – रिलायन्स फाइनान्सको संस्थापक समूहको ५ लाख ३५ हजार ३१४.५२ कित्ता सेयर लिलामीमा आवेदन दिने सोमबार अन्तिम दिन हो । रिलयान्सले चैत २६ गतेदेखि सर्वसाधारणले पनि आवेदन दिन सक्ने गरी  यो संस्थापक सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी, काठमाडौंलगायत सनराइज बैंकका विराटनगर, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट पनि लिलामी भर्न सक्ने व्यवस्था छ । लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: