×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उन्नति माइक्रोफाइनान्सको २५% हकप्रद परिमार्जन गरियो, अब २०% दिइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले घोषणा गरिएको २५% हकप्रद परिमार्जन गरेर अब २०% मात्र हकप्रद ल्याउने उन्नतिले जानकारी दिएको छ । 
कम्पनीको बुधबार (चैत २१ गते) सम्पन्न साधारण सभाले पुरानो प्रस्ताव परिमार्जन गर्ने निर्णय गरेको हो । अब कम्पनीले चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँबाट २०% हकप्रद बेच्नेछ । यसआधारमा १ करोड १० लाख रुपैयाँको १ लाख १० हजार रुपैयाँ हकप्रद आउने देखिन्छ । 
उन्नति माइक्रोफाइनान्सले केही समय अघि १ लाख ६५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओ सहित कुल ५ लाख ५० हजार कित्ता सेयर कारोबारका लागि नेप्सेमा सूचीकृत समेत भइसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: