×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसबीआईको खुद नाफा २४.९३% बढ्दा अरु सुचकको यस्तो छ अवस्था

  • अर्थ सरोकार सम्बाददाता 
कठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबीआई बैंकले खुद नाफा २४.९३% ले बढेर १ अर्ब ३७ करोड ९७ लाख ८५ हजार रुपैयाँ  कमाएको छ । गत वर्ष बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । एसबीआईले खुद ब्याज आम्दानी पनि ३१.६८% ले वृद्धि गरेर २ अर्ब ८९ करोड १३ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानीमा आकर्षक बढोत्तरी गर्न सकेकाले बैंकले खुद नाफा पनि राम्रो बनाउन सफल भएको हो । गत वर्ष एसबीआईको खुद ब्याज आम्दानी २ अर्ब १९ करोड ५७ लाख ४ हजार रुपैयाँ मात्र थियो । 
सञ्चालन नाफा पनि १ अर्ब ७५ करोडबाट बढाएर २ अर्ब २० करोड ३७ लाख ६९ हजार रुपैयाँ पुर्याएको एसबीआईले ९५ लाख ४५ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकले १५ करोड १३ लाख ६१ हजार रुपैयाँ सम्भावित जोखिमका लागि छुट्याएको छ । समीक्षा अवधिमा यस बैंकको निक्षेप करिब २ अर्बले घटेर ८३ अर्ब ८४ करोड ५६ लाख ५१ हजार रुपैयाँमा ओर्लिएको छ ।
गत वर्ष एसबीआईले ८५ अर्ब ४६ करोड ७३ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । कर्जा लगानी भने ६१ अर्बबाट बढाएर ७४ अर्ब ५ करोड २७ लाख २३ हजार रुपैयाँ बनाएको छ ।चुक्ता पुँजी ८ अर्ब ४ करोड ६९ लाख ५ हजार पुर्याएको यस बैंकको रिजर्भ कोषमा ४ अर्ब १५ करोड ९५ लाख रुपैयाँ छ ।
रिजर्भलाई थप मजुबत बनाउने चुनौती एसबीआईलाई पनि छ । गत वर्ष यस बैंकको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख ५६ हजार रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको देखिन्छ । गत वर्ष २९ रुपैयाँ ५७ पैसा रहेको प्रतिसेयर आम्दानी यो त्रैमाससम्म आइपुग्दा २२ रुपैयाँ ८६ पैसामै सीमित भएको छ ।
खराब कर्जा ०.१३% छ । गत वर्ष खराब कर्जा ०.१२% थियो । कस्ट अफ फन्ड ५.२५% रहेको यस बैंकको कर्जा निक्षेप अनुपात ७९.२५% छ । गत वर्ष यही बेला बैंकको कस्ट अफ फन्ड २.९६% र कर्जा निक्षेप अनुपात ७२.०९% थियो । बैंकको प्रतिसेयर नेटवर्थ पनि १० रुपैयाँ ७८ पैसाले घटेर १५१ रुपैयाँ ६९ पैसामा आएको छ । गत वर्ष प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: