सहयोगी विकास बैंकको मोबाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरू

सहयोगी विकास बैंक लिमिटेडले मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सेवा सुरुवात गरेको छ । एक कार्यक्रमका बीच उक्त दुबै सेवाको उद्घाटन बैंकका अध्यक्ष उदय कान्त झा ‘जीवन’ ले गरे ।

उक्त सेवा सुरुवातको उद्घाटन गर्दै बैंकका अध्यक्ष झाले ग्राहकहरुको सेवामा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरु प्रदान गर्ने उनले बताए ।

बैंकका ग्राहकहरुलाई आधुनिक र २१ औं शताव्दी समय सुहाउँदो सेवा प्रदान गर्ने उद्देश्य सहित सो सेवाको सुरुवात गरिएको बैंकले जानकारी दिएको छ । बैंकको यो सेवाबाट ग्राहकहरु थप लाभान्वितहुने विश्वास बैंकले लिएको छ । 

नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा विनय रिजाललाई नियुक्ति गरेसँगै बैंकले आफ्नो सेवालाई थप आधुनिक, सरल र प्रभावकारी बनाउदै लगेको छ । त्यसका लागि बैंकका कर्मचारीहरुलाई समेत समय सापेक्ष तालिमहरु दिँदै आएको छ ।

ग्राहकलाई सेवाबाट पूर्ण सन्तुष्टि प्रदानगर्ने बैंकको लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले बताए । उनले बैंकलाई थप मजबुद बनाउँदै सेवालाई पनि थप गर्दै लगिने जानकारी दिए । निक्षेपको ग्यारेन्टी, ग्राहकको आर्थिक, सामाजिक र सांस्कृति उन्नतीका साथै २१औं शताब्दी समय सुहाउँदो सेवा, लगानीकर्तालाई उचित प्रतिफलमा बैंकले जोड दिँदै आएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए । यसै गरी बैंकले आगामी वर्षको नब आगमनसँगै एटिएम सेवा सुचारु गर्ने बताए । बैंकले आफ्नो सबै पूर्वाधारहरु बनाइसकेको पनि रिजालले उल्लेख गरे ।

जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेका छ । बैंकले चाँडैनै ४ वटा शाखाविस्तार गर्न लागेको जानकारी दिएको छ । यसका साथै बैंकले आफ्नो भवनको निर्माणमा पनि आउदो बैशाख महिनाको तेस्रो हप्ता देखिनै गर्ने योजना अनुरुप काम भइरहेको बताएको छ । 

५० करोड ९६ लाखरुपैयाँ सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ३ अर्ब ४२ करोड ८० लाख निक्षेप संकलन गरी हालसम्म २ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । 

तीन जिल्ले कार्यक्षेत्र रहेको बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । हालै नेपाल राष्ट्र बैंकबाट निर्देशित भए बमोजिम पूँजीकोष प्रर्याप्त भएको कारण, बैंकले आफ्नो कार्यक्षेत्र ५ जिल्लामा पुर्याउनको लागि पनि आवश्यक कार्य विघि अघि बढाएको जानकारी प्रमुख कार्याकारी अधिकृत रिजालले दिनु भयो । स्मयरणीय त के छ भने आफ्नो कार्यक्षेत्र रहेको स्थानीयस्तरमा यो बैंक अन्य वाणिज्य बैंक भन्दा लोकप्रिय बैंकको रुपमा स्थापित छ ।
प्रकाशित : Monday, April 16, 2018

recent

Popular Posts