×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सानिमा लाईफ इन्स्योरेन्स १७ औ शाखा विराटनगरमा

विराटनगर – सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको १७ औ शाखा आइतवारदेखि विराटनगरमा सञ्चालनमा आएको छ । जीवन बीमा सेवाबाट वञ्चित रहेका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याइएको सञ्चालक समितिका अध्यक्ष कुमार कोइरालाले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले समृद्धिको यात्रामा यस्ता कम्पनीहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले रोजगारी सिर्जनाका लागि समेत सानीमा लाइफ इन्स्योरेन्स लिमिटेडले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कम्पनीका सद्भावना दुतसमेत रहेका कलाकार जीतु नेपालले जीवन बीमा गराई सामाजिक सुरक्षा प्रदान गर्न, जनतामा बचत गर्ने बानीको विकास गर्न सानिमा लाइफ इन्स्योरेन्सले देशका विभिन्न भागमा सेवा प्रवाह गरिरहेको बताए ।
हाल अधिकतम पूँजी रू. ३ अर्ब, जारी पूँजी रू. २ अर्ब र चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको कार्यक्रममा जानकारी दिइयो । जारी पूँजीको ३० प्रतिशत अर्थात् ६० करोड सर्वसाधारण्मा शेयर विक्री गरी चुक्तापूँजी २ अर्ब कायम गरिने कार्यक्रममा जानकारी दिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: